२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसभित्र असन्तुष्टि,समानुपातिक उम्मेदवार सूची हेरफेर तयारी

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ।

संस्थापनइतर (शेखर कोइराला–गगन थापा) निकट केही नेताहरूले समानुपातिक उम्मेदवार सूची तयार पार्दा सभापति शेरबहादुर देउवा समूहले एकलौटी गरेको भन्दै असन्तुष्टिका आवाज आएका थिए।

जगदीश्वरनरसिंह केसी, गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी लगायतले भेला गर्दै संघर्षका कार्यक्रमसमेत सार्वजनिक गरेपछि सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल गरेका थिए। मंगलबार बालुवाटारमा देउवाले सबैसँग छलफल गरी समानुपातिक उम्मेदवार सूची हेरफेर गरेर जान सकिने बताएको एक नेताले सेतोपाटीलाई बताए।

सभापति देउवासहित कांग्रेसका नेताहरू समानुपातिक उम्मेदवार सूची संशोधन गर्नेबारे आज पनि छलफल गर्ने तयारीमा छन्।यसैबीच संस्थापनइतर समूहले भने आज पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिने तयारी गरेका छन्। बिहीबार बत्तिसपुतलीमा चियापान गर्ने र शुक्रबारसम्म पनि समानुपातिक सूची संशोधन नगरिए बालुवाटारमा धर्ना दिने तयारी असन्तुष्ट समूहको छ।

सभापति देउवा पक्षले कोइराला पक्षलाई ४० प्रतिशत भाग नदिएको आरोप छ। ११० जना प्रतिनिधि सभा सदस्य उम्मेदवारको नाम बुझाउँदा करिब १४ जनाको नाम मात्रै कोइराला पक्षबाट राखिएको र त्यो परामर्शविनै राखिएको भन्दै संस्थापनइतर नेताहरूले असन्तुष्टि जनाएका छन्।

समानुपातिक उम्मेदवार सूची संशोधन नगरेमा स्वतन्त्र उम्मेदवारी दिनेसम्मका तयारी असन्तुष्ट पक्षको छ। काँग्रेसभित्र देखिएको यो विवादले सत्ता गठबन्धनका अन्य दल पनि हच्किएका छन्।

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले भने मंगलबार विज्ञप्ति जारी गर्दै सबैसँगको सल्लाहमा समानुपातिक उम्मेदवार सूची तयार पारिएको दाबी गरेका थिए। निर्वाचन आयोगले पनि दलहरूलाई समानुपातिक उम्मेदवार सूची संशोधनका लागि समय दिएको छ।

प्रतिक्रिया दिनुहोस