२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकीका १३ मेयर र उपमेयर कारबाहीमा, ४ लाख ५० हजार जरिवाना

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका २६ नगरपालिकामध्ये १३ नगरपालिकाका मेयर र उपमेयरले निर्वाचन खर्च नबुझाएको भेटिएको छ ।

निर्वाचन आचार संहिता अनुसार उनीहरुले निर्वाचित भएको १ महिनाभित्र खर्च विवरण बुझाउनुपर्ने हो । तर १३ जना मेयर र १३ उपमेयरले विवरण बुझाएका छैनन् ।

यस्तै, नगरपालिका तर्फ मेयरका पराजित ९६ उम्मेदवार र उपमेयरका पराजित ६४ जना उम्मेदवारले पनि खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । नवलपुरका सबै नगरपालिकाका मेयर र उपमेयर कारबाहीमा परेका छन् ।

कारबाहीमा परेका सबैलाई ४ लाख ५० हजार जरिवाना तोकिएको छ । आयोगका अनुसार गोरखा नगरपालिकाका २ जना प्रमुख र २ जना उपप्रमुख तथा पालुङटार नगरपालिकाका ७ प्रमुख र १ उपप्रमुखका उम्मेदवारलाई कारबाही भएको छ ।

बेँशीसहरका निर्वाचित मेयर गुमानसिंह अर्याल र उपमेयर पद्या गुरुङ सहित मेयरका ४ उम्मेदवार र उपमेयरका ३ उम्मेदवारले जरिवाना तिर्नुपर्ने भएको छ । मध्ये नेपाल नगरपालिकाका मेयर रमेश पाण्डे र उपमेयर सीता गुरुङ सहित ६ प्रमुख र ५ उपप्रमुखका उम्मेदवार कारबाहीमा परेका छन् भने राइनासका निर्वाचित मेयर खड्कबहादुर गुरुङ र उपमेयर पुष्पराज खनाल सहित ५ प्रमुख र ४ उपप्रमुख कारबाहीमा छन् ।

सुन्दरबजारको ३ मेयर र ४ उपमेयरका उम्मेदवार कारबाहीमा परे । उनीहरु सबै पराजित भएका हुन् । कुश्माका ३ मेयर र ३ उपमेयर उम्मेदवारले खर्च विवरण सार्वजनिक गरेका छैनन् । फलेवासका ५ मेयरका उम्मेदवार र १ उपमेयरका उम्मेदवार पनि कारबाहीमा परेका छन् ।

गल्याङ नगरपालिकाका २ मेयर र ३ उपमेयर उम्मेदवार कारबाहीमा छन् भने चापाकोटमा निर्वाचित मेयर देवबहादुर खाँड र उपमेयर इशा राना सहित २ प्रमुख र ३ उपप्रमुखले जरिवाना तिर्नुपर्ने भएको छ । पुतलीबजारमा उपमेयर उम्मेदवार एकजना कारबाहीमा परे । भीरकोटमा निर्वाचित मेयर गोविन्द कर्माचार्य र उपमेयर भगवती रेग्मीले खर्च विवरण दिएका छैनन् । मेयर उम्मेदवार नरभुपाल दमाई पनि कारबाहीमा परेका छन् ।

वालिङका २ मेयर तथा १ उपमेयर, बेनीमा २ मेयर र ३ उपमेयर उम्मेदवार, गल्कोटमा ४ मेयर र १ उपमेयर, जैमिनीमा २ प्रमुख र १ उपप्रमुख तथा ढोरपाटनका २ प्रमुख र १ उपप्रमुखलाई कारबाही भएको छ । बागलुङ नगरपालिकाका मेयर बसन्तकुमार श्रेष्ठ र उपमेयर राजु खड्का सहित ४ प्रमुखका उम्मेदवार र ३ उपप्रमुखका उम्मेदवारलाई जनही ४ लाख ५० हजार जरिवाना तोकिएको छ ।

कावासोतीमा निर्वाचित विष्णु भुषाल र उपमेयर फूलकुमारी थनेत सहित मेयरका ९ उम्मेद्वार र उपप्रमुखका ४ उम्मेद्वारले जरिवाना तिर्नुपर्ने भएको छ । गैंडाकोटका मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइराला सहित मेयरका ५ उम्मेदवार र उपमेयरका ५ उम्मेदवारलाई कारबाही भएको छ । देवचुलीका हरि न्यौपाने र उपप्रमुख पार्वता तिवारी सहित मेयरका ८ उम्मेदवार र उपमेयरका ६ उम्मेदवार तथा मध्ये विन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारी र उपमेयर पूर्णकला चौधरी सहित मेयरमा १० र उपमेयरमा उम्मेद्वारी दिएका ६ जना कारबाहीमा परे ।

तनहुँ स्थित भानुका मेयर आनन्दराज त्रिपाठी र उपमेयर उमा गोतामे सहित मेयरमा ५ र उपमेयरमा ५ जनालाई कारबाही भएको छ भने भीमादका मेयर दधिराज सुवेदी र उपमेयर शारदा खनाल सहित मेयरमा ५ र उपमेयरमा ४ जनाको खर्च विवरण बुझाउन बाँकी छ । व्यास नगरपालिकामा ५ प्रमुख र १ उपप्रमुख उम्मेदवार र शुक्लागण्डकीमा मेयर कृष्णराज पण्डित र उपमेयर खुमबहादुर विक सहित मेयरमा ५ र उपमेयरमा ४ जनाले खर्च विवरण दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस