काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद क्रिकेटअन्तर्गत आज ४ वटा खेल हुँदैछन्। कीर्तिपुर मैदानमा दुई र मुलपानीमा दुई खेल हुनेछन्।
टियुमा हुने पहिलो खेलमा कर्णाली प्रदेश र मधेस प्रदेशबीच प्रतिष्पर्धा हुनेछ। खेल बिहान ९ः१५ बाट सुरु हुनेछ।
टियुमा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। यो खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।
मुलपानी मैदानमा हुने पहिलो खेलमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुने तालिका छ।
यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ। मुलपानी मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लवबीच खेल हुनेछ। यो खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ।