२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीले काम छाडेपछि वीर अस्पतालको फार्मेसी २ महिनादेखि ठप्प

अ+ अ-

काठमाडौँ । वीर अस्पतालले पाँच महिनाअघि सञ्चालनमा ल्याएको फार्मेसी बन्द भएको छ । अस्पतालको नयाँ सर्किजल भवनमा रहेको उक्त फार्मेसी दुई महिनाअघि नै बन्द भएको हो ।

अस्पतालकै फार्मेसी बन्द भएपछि बिरामीहरू औषधि किन्न अस्पतालबाहिर जानुपर्ने भएको छ । वीर अस्पतालमा हाल बन्द अवस्थामा रहेकोसहित गरी चार वटा फार्मेसी छन् ।

अस्पतालको पुरानो भवनमा क्यान्सरसम्बन्धी औषधिको फार्मेसी, मुख्य भवनमा दुई वटा र नयाँ भवनमा सबै खाले औषधि पाइने एउटा फार्मेसी थियो । नयाँ भवनको फार्मेसी भने बन्द भएको हो ।

पुराना कर्मचारीले काम छाडेपछि फार्मेसी सेवा ठप्प छ । हाल सञ्चालनमा रहेका फार्मेसीमा पनि भिडभाड हुन्छ । हामी कहाँ फार्मेसीमा काम गर्ने कर्मचारीकै संख्या कमी थियो, त्यसैले एउटा फार्मेसी बन्द गर्नु परेको छ ।

अस्पतालको फार्मेसीमा औषधिमा सहुलियत
वीर अस्पताल प्रशासनका अनुसार अस्पतालका फार्मेसीमा करिब दुई हजार प्रकारका औषधि पाइन्छ । ती फार्मेसीले निजीले भन्दा सहुलियतमा समेत औषधि उपलब्ध गराउँछन् । अस्पतालभित्रको फार्मेसीमा २ देखि ८ प्रतिशतसम्म छुट दिइन्छ । तर, २७ असारदेखि फार्मेसी बन्द हुँदा सेवाग्राही अस्पतालबाहिरका फार्मेसीमा जान थालेका छन् ।

सर्किजल भवनको भुइँतलामा हाल बन्द अवस्थामा रहेको फार्मेसीमा सर्जिकलसम्बन्धी सबैभन्दा बढी औषधि पाइन्छ । तर, उक्त फार्मेसी बन्द हुँदा औषधि किन्न अस्पतालबाहिरको फार्मेसीमा धाउनुपरेको बिरामीको गुनासो छ ।

कर्मचारी कम भएर बन्द गर्नुपर्‍यो : अस्पताल प्रशासन
अस्पताल प्रशासनले भने हाल बन्द अवस्थामा रहेको फार्मेसी एक साताभित्रै सञ्चालनमा आउने जनाएको छ । अस्पतालले फार्मेसीका लागि नयाँ कर्मचारी राख्न २५ भदौमा लिखित परीक्षासमेत गराएको छ ।

अस्पतालका निर्देशक भूपेन्द्र बस्नेतले एक साताभित्र कर्मचारी राखेर बन्द अवस्थामा रहेको फार्मेसी सञ्चालनमा ल्याउने बताए । उनका अनुसार फार्मेसीमा नयाँ कर्मचारीका लागि एक सय ७३ जनाले लिखित जाँच दिएका छन् । यसमध्येबाट १० जना कर्मचारी छनोट गरिनेछ ।

करारका कर्मचारी थिए, जागिर छाडे : फार्मेसी प्रमुख
अस्पतालका फार्मेसी विभाग प्रमुख श्यामु मण्डलले कर्मचारी नभएका कारण अस्पतालभित्रको फार्मेसी बन्द गर्नुपरेको जानकारी दिए । उनका अनुसार दुई महिनाअघि फार्मेसीमा काम गर्ने पाँच जना करारका कर्मचारीले जागिर छाडेका थिए ।

उनका अनुसार हाल बन्द अवस्थामा रहेको फार्मेसीका लागि पाँच जना स्टाफ चाहिन्छ । अस्पतालका अन्य तीन वटा फार्मेसीमा १३ जना कर्मचारी छन् । तर, यी कर्मचारी पनि कम भएको भन्दै वीरले १० जना कर्मचारी थप गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस