निजामती सेवाको गठनबारे छलफलका लागी आह्वान गरिएको बैठक स्थगित   « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

निजामती सेवाको गठनबारे छलफलका लागी आह्वान गरिएको बैठक स्थगित  


१० भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन दिनका लागि स्थगित भएको छ । 

शुक्रबार दिउँसो ३ बजेका लागि आह्वान गरिएको दशौँ अधिवेशनको २५औँ बैठक ‘विशेष कारण’ देखाउँदै सूचना टाँस गरेर स्थगित गरिएको हो । प्रदेश सभा बैठक अब १३ गते ३ बजे बस्ने प्रदेश सभा सचिवालयको सूचनापत्रमा उल्लेख छ । 

सभामुख अर्जुनबहादुर थापाकाअनुसार प्रदेश सभामा शुक्रबार ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गर्ने कार्यसूची थियो । 

सभामुख थापाले प्रदेश सरकारका मन्त्रीको सहभागिता नहुने भएपछि शुक्रबार आह्वान गरेको बैठक स्थगित गर्नु परेको बताए । प्रदेश सरकारको महत्त्वपूर्ण मानिएको प्रदेश निजामती सेवाको गठन, सञ्चालन तथा सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गराउनुपर्ने भएकाले बैठक केही दिन पर सारिएको सभामुख थापाले बताए । 

प्रदेश सभामा हाल प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रक्रियामा रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस