काठमाडौँ । चाबहिल-साँखु सडक खण्डको थलीको सडक कालोपत्रे माग गर्दै स्थानीयले आन्दोलन गरेका छन्।
धुलो हिलोका कारण सास्ती खेप्दै आएका स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै आन्दोलन गरेमा हुन।
सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीय व्यवसायीहरुले एम्बुलेन्स र स्कुलका बसबाहेक अरु सबै सवारी साधनलाई रोक लगाएका छन्।
बाटोमा राखेको सूचनामा थलीवासीहरुको स्वास्थ्य, दैनिक जीवन, आवत जावत, व्यापारमा नराम्रो असर भइरहेको र राज्य, स्थानीय सरकारको हेलचेक्राइ र फटाइ विरुद्ध सडक बन्द गराएको उल्लेख छ।