गिरीको निधनपछि राष्ट्रपतिले भनिन् : एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

गिरीको निधनपछि राष्ट्रपतिले भनिन् : एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौँ


५ भाद्र २०७९, आइतबार


काठमाडौँ । सांसद एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीको निधनमा राष्ट्रपति विद्यादेवि भण्डारीले दुःख व्यक्त गरेकी छन्।

सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ। उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ। म दिवङ्गत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

क्यान्सर पीडित गिरीको अवस्था बुझ्न राष्ट्रपति भण्डारी हिजो मेडिसिटी अस्पताल पुगेकी थिइन्। क्यान्सर पीडित गिरीको गए राति निधन भएको हो। उनको आजै अन्त्येष्टि गरिने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस