प्रदीप गिरिलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रदीप गिरिलाई भेट्न अस्पताल पुगिन् राष्ट्रपति भण्डारी


४ भाद्र २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली काँग्रेसका नेता प्रदीप गिरिलाई भेट्न ललितपुरस्थित मेडिसिटी अस्पताल पुगेकी छिन्।

लामो समयदेखि उपचार गराइरहेका गिरिलाई भेट्न राष्ट्रपति भण्डारी शनिबार बिहान मेडिसिटी पुगेकी हुन्।

उनले गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले चिकित्सकहरूसँग भेट गरी नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र शीघ्र स्वास्थ्य लाभको कामना गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस