नागरिकता विधेयकविरुद्ध संसद भवन अगाडि प्रदर्शन, ७ जना पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नागरिकता विधेयकविरुद्ध संसद भवन अगाडि प्रदर्शन, ७ जना पक्राउ


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै विरोध प्रदर्शन उत्रिएका थिए ।

उनीहरूमध्ये ७ जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार अहिले संसद बैठक चलिरहेको र बाहिर प्रदर्शन पनि भइरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ । बानेश्वरमा भएर आउने जाने सवारी साधनलाई पनि संसद भवन क्षेत्रबाट जान रोक लगाएर एक साइटतिरबाट मात्र आउन जान दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस