३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इद उल फित्र पर्व मनाउँदै

अ+ अ-

विराटनगर । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र सोमबार बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् ।

पवित्र महिना रमजानको एक महिनाको लामो रोजा (उपवास) राखेर चन्द्रमाको दर्शन गरेपछि सोमबार बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो पर्व मनाउनमा जुटेका छन् ।

यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यसका साथै यो पर्व धुमधामका साथ मनाउनका लागि गरिबलाई दान दिने पनि गरिन्छ ।

यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन् ।

यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र पर्सामा पनि आज उल्लासमय वातावरणमा मनाइरहेका छन् ।

मुस्लिम समुदयाले विगत एक महिनादेखि गर्दै आएको पवित्र रमजान व्रत आज बिहान इद उल फित्रको नमाज अदा गरेसँगै समाप्त भएको छ ।

मुस्लिम समुदायका पुरुष बिहानै स्नान गरी पवित्र भएर जिल्लामा रहेका मस्जिद तथा इदगाह पुगेर बिहान ९ः१५ बजेको शुभसाइतमा इदको नमाज पढेसँगै एक महिना लामो रमजान व्रत समाप्त भएको हो ।

तीन दिनसम्म मनाइने इदमा यो समुदायका व्यक्तिले गरिब तथा असहाय व्यक्तिलाई मद्दत गर्नुका साथै वर्षभरि जम्मा गरेको फितरा (आम्दानीबाट दानका लागि निकालिएको धन) बाँडी सबैलाई खुसी प्रदान गर्ने गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस