न्याय माग्दै आएकी निहारिकाले गरिन् शीतल निवास अगाडि आत्मदाह प्रयास « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्याय माग्दै आएकी निहारिकाले गरिन् शीतल निवास अगाडि आत्मदाह प्रयास


२७ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् ।

निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस