काँग्रेस पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

काँग्रेस पदाधिकारी बैठक बस्दै


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ। बिहीबार बस्ने सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि आज बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।

बैठकका लागि नेताहरू पार्टी कार्यालय सानेपा आउने क्रम जारी छ।

आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँडको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारी स्वरूप काँग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस