३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँचजना स्रष्टालाई हीरक जयन्ती सम्मान

अ+ अ-

काठमाडौँ । नेपाली भाषा तथा साहित्यको उत्थानमा उल्लेखनीय योगदान पुर्याए वापत पाँचजना स्रष्टालाई शुक्रकार हीरक जयन्ती सम्मानबाट सम्मानित गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६० औँ जन्मजयन्तीका अवसरमा आज आयोजित एक कार्यक्रममा उनीहरुलाई सो सम्मानबाट सम्मानित गरिएको हो ।

सम्मानित हुनेहरुमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँला तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिद्वय मदनमणि दीक्षित र वासुदेव त्रिपाठी छन् ।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उनीहरुलाई सम्मान गर्दै नेपाली भाषा तथा साहित्यको उन्नयनमा सम्मानित व्यक्तित्वहरुको ठूलो योगदान रहेको बताए ।।

सम्मानित व्यक्तित्व राष्ट्रकवि घिमिरेले यो सम्मानले साहित्य लेखनका क्षेत्रमा आफूलाई प्रेरणा मिलेको बताउँदै आफूले लौरो टेकेर पनि कविता लेखन गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो अवसरमा प्रतिष्ठानमा २० वर्ष सेवा अवधि पूरा गरेका गिता राई, भरत सुवेदी, जहरसिंह खडका, शिवनारायण महर्जन र सावित्री नेपालीलाई पदक तथा २५ हजार नगदसहित सम्मान गरियो ।

यसैबीच राष्ट्रिय कविता महोत्सव पनि आजै शुभारम्भ गरिएको छ । उक्त महोत्सवमा देशभरबाट ३२ प्रतियोगी तथा २० अप्रतियोगी सहभागी छन् । महोत्सवमा सहभागी हुन देशका विभिन्न स्थानबाट २२९ कविता पठाइएका थिए । त्यसमध्ये ३२ वटा कविता प्रतिस्पर्धामा छानिएका छन् ।

प्रतिष्ठानले वि.सं. २०२२ देखि प्रत्येक वर्ष असार ९ गते कविता महोत्सव गर्दै आएको भए पनि २०७२ सालमा गएको भूकम्पका कारण महोत्सव गर्न सकिएको थिएन् । रासस

प्रतिक्रिया दिनुहोस