२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोलेन्द्रमाथि ‘१५ दिनभित्र कारबाही अगाडी बढाउन’ अक्तियारलाई पत्राचार

अ+ अ-

काठमाडौँ । कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । 

कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही अघि बढाउन’ भन्दै पत्र आएको आयोग उच्च स्रोतले जनाएको हो । 

सर्वोच्च अदालतको नयाँ भवन निर्माणका क्रममा परेको उजुरीपछि आयोगको क्षेत्राधिकारभित्र पर्छ कि पर्दैन भन्ने अन्योलकाबिच पठाइएको उक्त पत्रले घटना थप रोचक बन्ने देखिन्छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले यो विषय प्रक्रियामा नै रहेको र यसबारे थप जानकारी नभएको प्रतिक्रिया दिएका छन् । 

यसअघि रजिस्ट्रार नारायणप्रसाद पन्थीले उक्त विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारभित्र नपर्ने पत्र पठाएका थिए । संविधानको व्यवस्थाका आधारमा ‘प्रधानन्यायाधीशबाट भएको निर्णयको विषय संवैधानिक परिषद् वा संसद्को समितिबाहेक अन्य कुनै पनि निकायबाट छानबिन हुन नसक्ने’ तर्क पत्रमा उल्लेख छ । सो पत्रप्रति असन्तुष्ट रहेको भनिएका कायममुकायम प्रधानन्यायाधीश कार्कीले आफ्नै सचिवालयबाट असार २९ गते अर्को पत्र पठाउन लगाएको बुझिएको छ।

सर्वोच्च अदालतले भवन निर्माणको ठेक्का निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाइए पनि सम्बन्धित निकायबाटै टुङ्गो लगाउनू भनिएपछि प्रधानन्यायाधीश जबराले ३ फागुन २०७७ मा आफै निर्णय गरेका थिए । 

यसैबिच फर्जी कागजातका आधारमा अनियमितता गरेको विवरण बाहिरिएपछि भवन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले ५ करोड बढी रकम फिर्ता गरेको समाचार केही दिनअघि मात्रै बाहिरिएको थियो । भवन निर्माणबारे महालेखा परीक्षकको कार्यालयले समेत अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस