नागरिक लगानी कोषले प्रदान गर्ने ब्याजदर बढ्यो ,वार्षिक ८ प्रतिशतका दरले रकम प्रदान गरिने « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नागरिक लगानी कोषले प्रदान गर्ने ब्याजदर बढ्यो ,वार्षिक ८ प्रतिशतका दरले रकम प्रदान गरिने


२८ असार २०७९, मंगलबार


काठमाडौँ । नागरिक लगानी कोषमार्फत सञ्चालित विभिन्न कार्यक्रमका सहभागीलाई प्रदान गरिने ब्याजदर बढेको छ ।

आगामी आर्थिक वर्ष २०७९/८० बाट लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले व्याज रकम प्रदान गरिने भएको छ ।

यसअघि कोषले यसै कार्यक्रमका ३ लाख भन्दा बढी सहभागीलाई २०७७ असारको नाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो ।

साथै, कोषमार्फत सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १ दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको हो ।

यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार उपदान तथा लगानीकर्ता कार्यक्रममा सम्बन्धित कार्यालयको सिफारिसमा व्यक्तिगत खाता खोलिएको भए व्यक्तिगत खातामा उक्त प्रतिफल राख्ने र व्यक्तिगत खाता नखोलिएको भए सम्बन्धित कार्यालयको खातामा उक्त प्रतिफाल राख्ने व्यवस्था कोषले गरेको छ ।

यस्तो प्रतिफल उपदान कार्यक्रममा ४० करोड ५० लाख रुपैयाँ र लगानीकर्ता कार्यक्रममा १० करोड ६२ लाख रुपैयाँ गरी ५१ करोड १२ लाख रुपैयाँ प्रदान गर्नुपर्ने हुन आउँछ ।

Tags :
प्रतिक्रिया दिनुहोस