काठमाडौँ । जसपाको बाबुराम भट्टराई पक्षको विस्तारित बैठक काठमाडौँमा सुरु भएको छ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधान हुन नसकेपछि भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले छुट्टाछुट्टै विस्तारित बैठक बोलाएका हुन् ।
यादव पक्षको बैठक भोलि (बुधबार)देखि वीरगन्जमा हुँदै छ । भट्टराई पक्षको बैठक काठमाडौँको जडिबुटीस्थित एक पार्टी प्यालेसमा भइरहेको छ ।
बैठकमा जसपा नेता महिन्द्रराय यादव पनि सहभागी छन् । तत्कालीन राजपाबाट पार्टी एकीकरण गरेपछि एक भएका यादव महन्थ ठाकुर नेतृत्वमा लोसपा विभाजन हुँदा उपेन्द्र यादवलाई साथ दिएका थिए । त्यसपछि सरकारमा कृषिमन्त्री बनेका थिए । अहिले पार्टीभित्रको अन्तरविरोध चर्केर विभाजनको अवस्थामा पुगेपछि यादवले भट्टराईलाई साथ दिएका हुन् ।