काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।
सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो ।
“पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम सुरु भए पनि कतिपय पालिकाले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिइरहेका छन्,” मन्त्रालयले भनेको छ, “नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क राखेर आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध छ ।”
५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई सरकारले फाइजर खोप दिएको हो ।