सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारीको बैठक « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सभापति देउवाले बोलाए काँग्रेस पदाधिकारीको बैठक


१९ असार २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

आगामी मंगलबार दिउँसो एक बजे बस्ने बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने उनले बताए ।

मुख्यसचिव पौडेलले भातृ र शुभेच्छुक संस्थाको विधान तय गर्न, पार्टीभित्रका विषय तथा राजनीतिक विषयका समसामयिक विषयमा छलफल हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस