प्रदेशसभा बैठक बोलाउन माग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रदेशसभा बैठक बोलाउन माग


१५ असार २०७९, बुधबार


गण्डकी । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले गण्डकी प्रदेशसभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।

नेकपा एमाले संसदीय दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभा अनिश्चित कालका लागि स्थगित गरिएको र आफूहरूले खोल्न गरिएको आग्रहलाई अस्वीकार गरिएको बताए ।

बजेट अधिवेशनमा आर्थिक वर्ष २०७९/८० को बजेट छलफल गरी पारित गर्नुपर्नेमा सरकार गठबन्धनका दलबीच बजेटको भागबन्डामा अलमलिएको नेता गुरुङले आरोप लगाए ।

बजेट माथिको छलफल अर्थ विकास समितिमा गर्न खोजिएको भन्दै उनले यो संसदीय अभ्यास, विधि कानुन विपरीत भएको जिकिर गरे । उनले समस्याको चाँडो समाधान खोज्नुपर्नेमा समेत जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस