होटलमा लगेर युवती बलात्कार गरेको अभियोगमा युवक पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

होटलमा लगेर युवती बलात्कार गरेको अभियोगमा युवक पक्राउ


१४ असार २०७९, मंगलबार


पक्राउ

काठमाडौँ । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको हो ।

युवतीलाई मनिषले जबर्जस्ती गरेको उजुरी दिएलगत्तै जगातीस्थित प्रहरी बृत्तबाट खटिएको प्रहरीले उनलाई रिसोर्टबाटै पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस