२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनप्रतिनिधिले काम गरेर प्रतिफल दिनुपर्छ : महामन्त्री थापा

अ+ अ-

दमौली । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले काम गरेर प्रतिफल दिनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर २ ले दुलेगौँडामा आयोजना गरेको स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण कार्यक्रममा उनले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताए ।

जनप्रतिनिधिले जनमुखी काम गरेर परिणाम दिनुपर्ने बताउँदै थापाले भने, ‘जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ । त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ ।’

महामन्त्री थापाले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने भन्दै शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने धारणा व्यक्त गरे । सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए । ‘स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ’, महामन्त्री थापाले भने ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनताका खास मुद्दालाई एजेण्डा बनाएर अगाडि जान जरुरी रहेको बताए । काँग्रेसले देशभर सबैभन्दा बढी पालिका जितेकाले काँग्रेस कमजोर नरहेको चर्चा गर्दै पौडेलले कमजोरी सुधार्न नसक्दा केही बढी सिट जित्न नसकेको उल्लेख गरे । ‘कमजोरी सुधार्न नसक्दा पनि राम्रो सिट जित्न सकेका छौँ, कमजोरी सुधारेर व्यवस्थित ढङ्गले अगाडि जान सक्दा धेरै सिट जित्न सक्छौँ’, पौडेलले भने ।

आजको स्थितिमा काँग्रेसले एक्लै निर्वाचन जित्ने गरी तयारी गर्नुपर्ने पौडेलको भनाइ थियो । ‘हामी गठबन्धनको विरोधी होइन, तर त्यहाँ जोखिम छ, जोखिम मोल्दै गर्दा एक्लै जानुपर्ने स्थिति पनि आउन सक्छ’, उनले भने ।

तनहुँ क्षेत्र नम्बर २ का सभापति चूडामणि खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्ले, नेता यज्ञ थापालगायतले धारणा राखेका थिए ।