२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानको बजेट एक अर्बभन्दा बढी

अ+ अ-

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

धरानको ११औँ नगरसभामा उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले बजेट प्रस्तुत गरेका हुन् ।

कूल बजेटमध्ये चालुतर्फ रु ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ रु ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ रु तीन करोड २५ लाखको बजेट विनियोजन गरिएको उनले बताए ।

आन्तरिक राजस्वबाट रु २५ करोड, संस्थागत आन्तरिक अनुदान रु पाँच करोड २० लाख, सङ्घीय सरकारबाट रु ८३ करोड चार लाख, प्रदेश सरकारबाट रु तीन करोड ५० लाख ७० हजार, सङ्घीय राजस्व बाँडफाँटबाट रु २० करोड ५३ लाख ४५ हजार, प्रदेश राजस्व बाँडफाँटबाट रु २० करोड र अपुग हुने रु ११ करोड ३० लाख आठ हजार नगद मौज्दात परिवर्तनबाट स्रोत व्यवस्थापन गरिने उपप्रमुख बेघाले बताए ।

धरान उपमहानगरले खानेपानी, पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उपप्रमुख बेघाले जानकारी दिए।

धरानका २० वटै वडाहरूमा प्रशासनिकतर्फ रु दुई करोड ५० लाख र कार्यक्रम तथा पुँजीगततर्फ रु २९ करोड रकम विनियोजन गरिएको छ । सहरी योजना तथा भौतिक पूर्वाधार विकासका लागि रु २९ करोड १० लाख र शिक्षा युवा तथा खेलकुदतर्फ रु ४० करोड ९७ लाख विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ रु चार करोड दुई लाख, सामाजिक विकासतर्फ रु पाँच करोड ८२ लाख २३ हजार, आर्थिक विकासतर्फ रु दुई करोड ७२ लाख तथा वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड ६८ लाख बजेट विनियोजन गरिएको बेघाले बताए ।