२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा आगलागीमा परेर वृद्धाको मृत्यु

अ+ अ-

गोरखा । गोरखामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । सहिद लखन गाउँपालिका–७ जामुनेकी ६९ वर्षकी केशरीमाया वस्तीको आगलागीमा परेर गए राति मृत्यु भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

घरभित्रको खाना पकाउने ग्यास सिलिण्डर विस्फोट भएर आगलागी हुँदा वस्तीको मृत्यु भएको उनले बताए । गए राति घटना भए पनि बिहानमात्र स्थानीयवासीले घटनाका बारेमा जानकारी पाएका थिए ।

एकान्तमा रहेको घरमा वस्ती एक्लै बस्दै आएकी स्थानीयवासीको भनाइ छ । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामग्रीसमेत जलेर पूर्णरूपमा नष्ट भएको वडाध्यक्ष श्रेष्ठले बताए । ‘घटनाको प्रकृति हेर्दा शुक्रबार साँझ घटेजस्तो देखिन्छ’, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले भने, ‘तर बिहान ७ः३० बजे मात्र मृतकका छोराले थाहा पाएर सबैलाई जानकारी गराएपछि घटनाका बारेमा थाहा भएको हो ।’

विस्फोटपछि भएको आगलागीबाट घर पूर्णरूपमा क्षति भएको छ भने महिलाको शरीर पूरै जलेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।

घरभित्र प्रयोग गर्दै आएको ग्यास सिलिण्डरसमेत विष्फोट भएको अवस्थामा फेला परेकाले ग्यास सिलिण्डर विस्फोटपछि आगलागी भएको अनुमान गरिएको प्रहरी उपरीक्षक खनालको भनाइ छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस