२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर कारोबार अब सातामा ६ दिन

अ+ अ-

काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार हुने भएको छ ।

यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात् शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ । यो निर्णयसँगै असार पहिलो सातादेखि लागू हुने गरी आइतबार पनि सेयर कारोबार खुला गर्ने तयारी नेप्सेले गरेको हो ।

‘आइतबार सेयर बजार खुला गर्दा हाल भइरहेको शुक्रबारको कारोबारलाई पनि निरन्तरता दिने तयारी भएको छ,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले भने, ‘अन्तिम निर्णय भइसकेको छैन । तर सातामा ६ दिन सेयर कारोबार खुला राख्नका लागि आन्तरिक छलफल र तयारी गरिरहेका छौँ । सम्भवतः असार १ देखि नै उक्त व्यवस्था लागू हुनेछ ।’

सरकारले आइतबार सार्वजनिक बिदा गरेपछि शुक्रबारको कार्यालय समय बढाएर पूरा दिन बनाइएको थियो । असार देखि शनिबार मात्र सार्वजनिक बिदा हुने भएपछि शुक्रबार कार्यालय समय आधा दिन मात्र कायम हुनेछ । यस कारण आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार साढे २ घण्टा अर्थात् बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म सेयर कारोबार खोल्ने तयारी भएको नेप्से स्रोतले जनाएको छ ।