धादिङमा पहिरोले घर पुरिँदा एक जना हराए « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धादिङमा पहिरोले घर पुरिँदा एक जना हराए


२७ जेष्ठ २०७९, शुक्रबार


धादिङ । धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका–५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना हराइरहेका छन् ।

घरमाथिबाट खसेको पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाँण हराइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए।

रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनः निर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो ।

घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन् । खाँणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ ।

ठुलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् ।

घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस