२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरेन्द्रनगरको फोहाेरमैला व्यवस्थापनको जिम्मा वडा समितिलाई

अ+ अ-

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन वडा समितिलाई पूर्ण जिम्मेवारी दिएको छ ।

नगर कार्यपालिकाको पहिलो बैठकको निर्णय सार्वजनिक गर्दै नगरप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडा समितिलाई जिम्मेवारी दिएको जानकारी दिए ।

नगरपालिकाको फोहरमैला व्यवस्थापनको जिम्मेवारी हाल क्लिन नेपाल नामक संस्थाले लिएको छ । फोहरमैला सङ्कलन, व्यवस्थापन र अनुगमन लगायतका कार्यको नेतृत्व अब सम्बन्धित वडाले गर्नेछ ।

नगरप्रमुख ढकालले अनुगमनका क्रममा कैफियत देखिएमा सम्बन्धित वडाले ठेक्का तोड्न पाउने गरी अधिकार प्रत्यायोजन गरिएको बताए । नगरपालिकाको सोमबार बसेको पहिलो कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले ज्येष्ठ नागरिक, अति विपन्न र दीर्घरोगीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रका ज्येष्ठ नागरिक र गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने, ढल तथा नालाहरूको शीघ्र मर्मतका लागि तत्काल प्रधानमन्त्री रोजगार कार्यक्रम र विपद् व्यवस्थापन कोषलाई परिचालन गर्ने, वीरेन्द्रनगर–११ भेरी पुल नजिकको प्रश्रान्ति धार्मिक वन क्षेत्रमा गौशालाको पूर्वाधार निर्माण गरी छाडा चौपायाको व्यवस्थापन गर्ने, सार्वजनिक जग्गाको लगत सङ्कलन गरी उचित संरक्षण गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले स्थानीय राजश्व परामर्श समिति र स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिलाई पूर्णता दिएको छ । राजश्व परामर्श समितिका सदस्यमा वडा नं ७ का अध्यक्ष ध्रुवकुमार चपाईँ र कार्यपालिका सदस्य यमुनाकुमारी नेपालीलाई मनोनयन गरेको भने बजेट सीमा निर्धारण समितिका सदस्यहरूमा कार्यपालिका सदस्यहरू रचना बाठा, सरिता चौधरी र नवराज गुरुङलाई मनोनीत गरेको छ ।

नगरप्रमुख ढकालका अनुसार ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब अभियान’ अन्तर्गत नगर शैक्षिक कोष स्थापना गर्न नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई मस्यौदा तयार गर्न जिम्मेवारी दिने, भूमिसम्बन्धी समस्या समाधानका बाँकी कार्यहरुलाई निरन्तरता दिने निर्णय गरेको छ ।

कार्यपालिका बैठकका निर्णय सार्वजनिकीकरण कार्यक्रममा उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारी पनि उपस्थित थिए ।