युवतीको मृत्युपछि बर्दियामा बिहानैदेखि प्रदर्शन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

युवतीको मृत्युपछि बर्दियामा बिहानैदेखि प्रदर्शन


२४ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । बर्दियामा मंगलबार बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन्।

ओलारी बजार राजापुर–गुलरिया जाने सडक बन्द गरेर स्थानीयले बिहान ७ बजेपछि प्रदर्शन गरेका हुन्।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले समस्या समाधानका लागि सर्वदलीय बैठक जारी रहेको जानकारी दिए।

‘समस्या समाधान गर्न हामी सघन छलफलमा छौँ,’ उनले भने।

मधुवन नगरपालिका वडा नम्बर २ चनागाउँमा सोमबार स्थानीय र प्रहरीबिच झडप हुँदा २० बर्सिया नबिना थारुको मृत्यु भएको थियो।

प्रहरीले चलाएको गोली लागेर उनको मृत्यु भएको स्थानीय बासिन्दाको दाबी छ। तर प्रशासनले भने पोष्टमर्टम रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने बताउने गरेको छ।

शव पोस्टमर्टमका लागि अस्पताल लगे पनि पोस्टमर्टम हुन सकेको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस