२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाममा मृत भेटिएका किशोरको शव अझै उठाइएन, स्थानीयको अवरोध कायमै

अ+ अ-

काठमाडौँ । अछाममा १७ वर्षीय एक किशोर मृत्यु प्रकरणको अनुसन्धान जारी छ । तर, स्थानीयले घटनास्थलबाट शव उठाउन दिएका छैनन् । अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरिएको छ ।

१० कक्षामा अध्ययनरत पञ्चदेवल विनायक नगरपालिका-४ का १७ वर्षीय विनोदबहादुर शाही २१ गते शनिबार बिहान १० बजेर २० मिनेटमा मृत अवस्थामा फेला परेका थिए ।

पञ्चदेवल विनायक-४, कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट एक किलोमिटर टाढा जङ्गलमा उनको शव फेला परेको थियो । आफन्त र स्थानीयले उनको हत्या भएको दाबी गर्दै आएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, “दैनिक ठूलो संख्यामा स्थानीयले प्रदर्शन गरिरहेका छन् । घटनालाई राजनीतिसँग जोड्न खोजिएको छ । शव घटनास्थलमै छ । पोस्टमार्टम भए पनि अनुसन्धानमा सहयोग हुन्थ्यो । तर, सहज रूपमा काम गर्न पाएका छैनौँ ।”

प्रहरीका अनुसार स्थानीय तह निर्वाचनका बेला कालिकास्थनमा नेकपा (एमाले) र नेपाली काँग्रेसका कार्यकर्ताबिच झडप भएको थियो । मृत भेटिएका किशोर एमाले समर्थक रहेको बताइएको छ । उनका आफन्तले घटनामा काँग्रेस नेता-कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन् ।