२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यौन दुर्व्यवहार : सर्वनामका वार्डेन बस्नेतलाई आज अदालत लगिँदै

अ+ अ-

काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन रामजी बस्नेतलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिने भएको छ। 

हिजो र अस्ति सार्वजनिक बिदा भएकाले आज अदालतबाट म्याद लिएर थप अनुसन्धान अगाडी बढाइने महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेश मैनालीले जानकारी दिए।

शिक्षालयका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि फरार रहेका बस्नेतलाई रामेछापमा पक्राउ गरी शनिबार राती काठमाडौँ ल्याइएको थियो। 

वार्डेन बस्नेतविरुद्ध प्रहरीवृत्त बौद्धमा तीन वटा किटानी जाहेरी परेको बताइएको छ।  शनिबार वार्डेन बस्नेतले तीन जना १२, १३ र १५ वर्षका छात्राहरूले यौन दुर्व्यवहार भएको मौखिक उजुरी दिएका थिए। 

होस्टेलमा बस्ने छात्राहरूलाई वार्डेन बस्नेतले अश्लील भिडियो देखाउने, संवेदनशील अङ्गहरूमा छुने लगायतका कार्य गर्ने गरेको अभिभावकहरूको आरोप  छ।  घटना सार्वजनिक भएपछि अभिभावकहरू शनिबार होस्टेलमै पुगेका थिए। तर, शिक्षालयबाट उपयुक्त जवाफ नआएको भन्दै उनीहरुले वार्डेनलाई कारबाहीको माग राखेर नाराबाजीमै उत्रिएका थिए।  

अनुसन्धानका क्रममा पक्राउ परेका शिक्षालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमती भने तारेखमा छुटेको प्रहरीले जनाएको छ।