३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन: अध्यक्ष ओली

अ+ अ-

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताएका छन् ।

सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आफ्नो दल पहिलो हुने दाबी गरे ।

अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने चर्चा गर्दै जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन भने । “हारजित निर्वाचनको सामान्य प्रक्रिया हो, हार्दैमा आत्तिने र जित्दैमा मात्तिने प्रवृत्तिको आप्mनो दल सधैँ विरोध हो, हार वा जितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेरिनुपर्छ”– अध्यक्ष ओलीको भनाइ थियो ।

घोषणासभामा सो दलले जिल्लाको सबै आठ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक गरिएको थियो । एमालेले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्धिन सिद्धिकी, उपप्रमुखमा शान्ति ढकाल, कोहलपुर नगरपालिकाको प्रमुखमा लुटबहादुर रावत, उपप्रमुखमा कृष्णाकुमारी थारुलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, जिल्लाको बैजनाथ गाउँपालिकाको अध्यक्षमा मानबहादुर रुचाल, खजुरा गाउँपालिकाको अध्यक्षमा किस्मतकुमार कक्षपति, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा तुल्सीराम थारु, नरैनापुर गाउँपालिकाकाको अध्यक्षमा विक्रम यादव, जानकी गाउँपालिकाको अध्यक्षमा रामनिवास यादव र डुडुवा गाउँपालिकाको अध्यक्षमा सकिल अहमद खालाई उम्मेदवार चयन गरिएको पार्टीका जिल्ला सचिव रत्न खत्रीले बताए । रासस

प्रतिक्रिया दिनुहोस