आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादीले आजदेखी प्रशिक्षण दिँदै « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई माओवादीले आजदेखी प्रशिक्षण दिँदै


१८ जेष्ठ २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।

आज र भोलि काठमाडौँ कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको हो। प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ११ बजे उद्घाटन गर्नेछन्।

नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, निर्वाचित केही स्वतन्त्र उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका नेता एवं पूर्व स्थायी समिति सदस्यहरू प्रशिक्षणमा सहभागी रहने मुख्यसचिव ढकालले बताए।

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण दिने र लगत्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिने तय भएको माओवादी केन्द्रले जनाएको छ।

दुई दिने प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस