मुस्ताङको घोडेपानीबाट तारा एयरको जहाजसँग सम्पर्क टुटेको हो : प्राधिकरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मुस्ताङको घोडेपानीबाट तारा एयरको जहाजसँग सम्पर्क टुटेको हो : प्राधिकरण


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मुस्ताङको घोडेपानी क्षेत्रबाट तारा एयरको जहाजसँग सम्पर्क टुटेको बताएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै मुस्ताङको घोडेपानी क्षेत्रबाट जहाजसँग सम्पर्क भएको स्पष्ट पारेको हो।

प्राधिकरणले पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी कार्य जारी रहेको बताएको छ ।

काठमाडौँ, पोखरा र जोमसोमबाट खोज तथा उद्धारका लागि हेलिकोप्टरहरू स्टाण्डबाई राखिएको समेत प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस