अपडेट : सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो  « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

अपडेट : सम्पर्कविहीन जहाज खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण फर्कियो 


१५ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।

फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्टर सम्पर्कविहीन जहाज खोजीका लागि पठाइने विज्ञप्ति निकालेर उल्लेख गरेको छ।

साथै नेपाली सेनाको टोलीलाई पनि खोजी कार्यका लागि पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस