२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा कार्यक्रममाथि राप्रपा लिङदेनको प्रश्न : किसानको कुरा कहाँ छ ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद लिङदेनले यस्तो टिप्पणी गरेका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको भन्दै उनले यसप्रति आपत्ति जनाएका थिए ।

शैक्षिक सत्र सुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद भएको उनको भनाइ थियो ।

‘मैले नीति तथा कार्यक्रम कसरी बन्छ भनेर विगत ५ वर्षयता हेरिरहेको छु । पाँचौँ पटक प्रधानमन्त्री हुने मौका पाउनुभएका प्रधानमन्त्रीले वा आफ्नो सरकारले अहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने नीति ल्याउनु भयो । मन्त्रीजीहरुको जिल्लामा ठुला ठुला बाटोहरु बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ? मैले यसो सम्झन्छु, यो नीति कार्यक्रमभित्र मैले मेरो गाउँका मानिसहरु वर्षा लाग्यो, खेतीबाली लगाउने बेला भयो, पैसा तिरेर एक बोरा युरियाको मल किन्न पाउँदैनन् । तिनीहरुको बारेमा यो नीति कार्यक्रममा कहाँ छ कुरा ? अर्को साल मल पाउने कुराको सुनिश्चितता कहाँ छ ? कहीँ देखिन्न नीति कार्यक्रमले त्यस्तो विषयहरु छुनु पर्छ कि पर्दैन ? सांसद लिङदेनले प्रश्न गरेका थिए ।