२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा १० प्रतिशत मत बदर

अ+ अ-

गलकोट । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङमा १० प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका १० स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला र खुला सदस्य पदमा खसेको मतको १० दशमलव ६३ प्रतिशत मत बदर भएको हो ।

कूल एक लाख ९३ हजार २२६ मतदातामध्ये ६३ दशमलव ६० प्रतिशत अर्थात् एक लाख २१ हजार ८६९ मत खसेकामा ८९ दशमलव ३७ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।

कूल खसेकामध्ये पूर्णरुपमा ० दशमलव ८० प्रतिशत (एक हजार ९) र सात वटै पदमा १३ हजार ७४२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले जानकारी दिए ।

शर्माका अनुसार मतदाता सङ्ख्या एक लाख ९३ हजार भए पनि एक मतदाताले सात चिह्नमा मतदान गर्ने भएकाले धेरै मत बदर भएको देखिएको बताए।

‘एक जना मतदाताले सात पटक सात पदमा मतदान गर्नुहुन्छ, तर कतिले सात पदमै गरेको मतदान बदर भएमा पूर्ण मत बदर भन्ने बुझिन्छ जसमध्ये एक हजार ९ मतपत्र पूर्णरुपमै बदर भएको पाइयो’, शर्माले भने ।

उनका अनुसार सात पदमध्ये केही पदमा मात्रै मत बदर भएको सङ्ख्या १३ हजार बढी छ । यसमध्ये उपाध्यक्ष, उपप्रमुख पदमा सबैभन्दा बढी मत बदर भएको पाइएको छ ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले सबैभन्दा बढी मत गठबन्धनका कारण बदर भएको मतगणनाका क्रममा पाइएको बताए । उनले एउटै मतपत्रको तलमाथि चिन्हमा मत लगाउँदा बढी बदर भएको पाइएको बताउँदै लस्करै चिह्न लाउने मतदाताको मत कम सङ्ख्यामा बदर भएको बताए । उनले पूर्ण रुपमा मत बदर भएकोमा मतपत्र भन्दा बाहिर मतदान गरेको लगायतका समस्या देखिएको छ ।

मतदाता शिक्षामा कमी हुनु र एकै मतदाताले फरक–फरक पार्टीका उम्मेदवारलाई मत दिँदा बढी मत बदर भएको देखिएको छ । १० स्थानीय तहमा ८५ वडा रहेको बागलुङमा निर्वाचित हुने ४४५ पदका लागि एक हजार १९१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।

बागलुङ जिल्लामा निर्वाचन पश्चात् नेपाली काँग्रेसले ६ पालिका प्रमुख, ५ पालिका उपप्रमुख, ३७ वडाध्यक्ष, माओवादी केन्द्रले एक पालिका प्रमुख, ३ पालिका उपप्रमुख, १७ वडाध्यक्ष, राष्ट्रिय जनमोर्चाले २ पालिका प्रमुख, २ पालिका उपप्रमुख र ११ वडाध्यक्ष, नेकपा एमालेले १ पालिका प्रमुख, १६ वडाध्यक्ष, नेकपा (एकीकृत समाजवादी)ले ३ वडाध्यक्ष र स्वतन्त्रबाट १ वडाध्यक्षले जितेका छन् ।

बागलुङका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहणपछि कार्यभार सम्हालीसकेका छन् । उनीहरुले पहिला बैठक बसेर केही लोकप्रिय निर्णयसमेत गरिसकेको जनाइएको छ । अहिले निर्वाचित जनप्रतिनिधि मतदातालाई धन्यवाद दिन गाउँ गएका छन् ।

प्रतिक्रिया दिनुहोस