रंगेलीमा मतपत्र बढी भेटिएपछि तनाव « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रंगेलीमा मतपत्र बढी भेटिएपछि तनाव


६ जेष्ठ २०७९, शुक्रबार


विराटनगर । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा तनाव भएको छ ।

मतगणनाका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली काँग्रेस कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा काँग्रेसका कार्यकर्ता र प्रहरीबिच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रु ग्याँस प्रहार गरिसकेको छ । घाइतेको अवस्था सामान्य रहेको छ । केही बेर तनावग्रस्त भएको रंगलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको उनको भनाइ छ ।

मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि काँग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । काँग्रेसका उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३ हजार ४४२ मत खसेको थियो, गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ ।

विवादका कारण रोकिएको मतगणना पुनः सुरु हुन नसकेको रंगेली नगरपालिकाले जनाएको छ । काँग्रेसले पुनः निर्वाचन माग गरेको पत्र पेस गरेपछि निर्वाचन आयोगमा पठाइदिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस