२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ अङ्कले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से ८.९० अङ्कले बढेको छ । मङ्गलवार ८४ अङ्कले घटेको बजार बुधवार भने केही थामिएको हो ।

बुधवार कारोबारमा आएका १३ उपसमूहमध्ये ८ उपसमूहमा हरियाली छाएको छ भने ५ उपसमूह राताम्मे रह्यो ।

नेप्सेका अनुसार बुधवार बजार परिसूचक ८.९० अङ्कले बढेर २२ सय ७४.४२ को बिन्दुमा पुगेको छ । बुधवार २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम भने एक अर्ब ३२ करोड ६३ लाख छ ।

दोस्रो बजारमा खरिद बिक्री भएका मध्ये १२७ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको सेयर मूल्य ओरालो लाग्यो । यस्तै एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।

बुधवार राधी विद्युत्, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र वरुण हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढ्यो । दोस्रो बजारमा सूर्योदय लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लाग्यो भने प्रुडेन्सिल इन्स्योरेन्स र सूर्य लाइफ इनस्योरेन्सको मूल्य ४ प्रतिशतले घट्यो ।