अहमदावाद । भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन् ।
पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु ।’ उनले आफ्नो निर्णयबाट आफ्ना सबै सहकर्मी, समकक्षी, सुवेच्छुक र गुजरातका जनता खुसी हुने र स्वागत गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
आज मैं हिम्मत करके कांग्रेस पार्टी के पद और पार्टी की प्राथमिक सदस्यता से इस्तीफा देता हूँ। मुझे विश्वास है कि मेरे इस निर्णय का स्वागत मेरा हर साथी और गुजरात की जनता करेगी। मैं मानता हूं कि मेरे इस कदम के बाद मैं भविष्य में गुजरात के लिए सच में सकारात्मक रूप से कार्य कर पाऊँगा। pic.twitter.com/MG32gjrMiY
— Hardik Patel (@HardikPatel_) May 18, 2022
उनको निर्णयबाट पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गरेका छन् । उनले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह गरेका छन् ।
उनले पार्टीका इन्चार्ज र अरु नेताहरुलाई पनि पटेलसँग छलफल गरेर उनका असन्तुष्टिहरु सम्बोधन गर्न र विमति न्यूनीकरण गरी विवाद अन्त्य गर्न पनि निर्देशन दिएका छन् ।