२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कटहरीका अध्यक्षमा काँग्रेस निर्वाचित

अ+ अ-

विराटनगर । सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कटहरी गाउँपालिकाको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवराज चौधरीले छ हजार ५८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सुभाषकुमार सरदारले पाँच हजार ८८२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेका सीतादेवी राजवंशीले पाँच हजार ८४८ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी मन्जिताकुमारी सरदारले पाँच हजार ७०५ मत प्राप्त गरेकी थिइन् ।

अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र)का किशोरकुमार पाण्डेले तीन हजार ५३७ र उपाध्यक्षमा सोही पार्टीका पुजनदेवी सरदारले तीन हजार ६६६ मत प्राप्त गरेका थिए ।

यसैगरी वडा नं १ को वडाध्यक्षमा एमालेका हरिनारायण राजवंशीले ९६०, वडा नं २ मा सोही पार्टीका सुरेन्द्रप्रसाद राजवंशीले ९६० मत, वडा नं ३ मा काँग्रेसका जदुलाल कामतले ९५६ मत, वडा नं ४ मा जनता समाजवादी पार्टी, नेपालका जीवनेश्वर यादवले ९८३ मत, वडा नं ५ मा एमालेका सम्पतलाल सरदारले ७२४ मत, वडा नं ६ मा एमालेका विसो सरदारले ९४६ मत र वडा नं ७ मा एमालेका मनोजकुमार माझीले ८७९मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएका छन् ।