पोखरा महानगरपालिका : एकीकृत समाजवादीका धनराजले बढाए अग्रता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

पोखरा महानगरपालिका : एकीकृत समाजवादीका धनराजले बढाए अग्रता


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

उनले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई १२ सय ८५ मतले पछि पारेका छन्।

२० हजार ६ सय ६० गणना हुँदा गठबन्धनका उम्मेदवार आचार्यले ८५६३ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार कृष्ण थापाले ७ सय २ सय ७८ मत ल्याएका छन्।

मेयरमा राप्रपाबाट शङ्कर खरालले १०२७ मत पाउँदा स्वतन्त्र उठेका गनेश पौडेलले ५२६ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटले ८ हजार ७ सय ७६ मत सहित अग्रता कायम गरेकी छिन्।

एमालेका मञ्जुदेवी गुरुङले ८२७१ मत सहित पछ्याइरहेकी छिन्। महानगरको वडा नम्बर १ मा एमाले, वडा नम्बर २, ३, ४ र १२ मा काँग्रेस विजय भइसकेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस