रुकुमपूर्वमा एक महिलाको शव फेला « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

रुकुमपूर्वमा एक महिलाको शव फेला


२७ बैशाख २०७९, मंगलबार


रुकुमपूर्व । रुकुमपूर्वमा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो ।

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुमपूर्व अस्पताल ल्याइँदै छ ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्य तथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस