२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीर्ष नेता अभियानमा निस्केपछि एकाएक बढ्यो निर्वाचनको माहोल

अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धनले एकपछि अर्को आक्रामक अभियान बढाएपछि देशव्यापी रुपमा स्थानीय तहको निर्वाचनको माहोल एकाएक बढेको छ ।

यही वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको मिति आउन केही दिन मात्रै बाँकी रहँदा देशभर नै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारसमेत अभियानमा केन्द्रित छन् ।

गठबन्धनले बिहीबार भरतपुर महानगरमा संयुक्त चुनावी सभाको आयोजना गर्‍यो । यस्तै, शुक्रबार काठमाडौँ महानगरलाई केन्द्रमा राखेर रत्नपार्कमा संयुक्त रुपमा सभामार्फत मतदातासमक्ष मत माग्यो ।

गठबन्धनका तर्फबाट आज पनि देशका विभिन्न स्थानमा चुनावी सभाहरू आयोजना गरिएको छ । बुटवल, तनहुँ, जनकपुरधाममा संयुक्त चुनावी सभा भएका छन् ।

सत्तारूढ गठबन्धनका तर्फबाट शीर्ष नेताहरूले एकाएक चुनावी माहोल तताउने गरी अभियान केन्द्रित गरेपछि मतदातामा पनि सकारात्मक प्रभाव परेको छ ।

जनकपुरमा आयोजित संयुक्त सभामा गठबन्धनमा आबद्ध पार्टीका शीर्ष नेताहरूले ‘रोड सो’ आयोजना गरी मतदातालाई सक्रिय रुपमा निर्वाचनमा सहभागी हुन आह्वान गरे ।

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सभालाई सम्बोधन गरे । त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाली काँग्रेसका नेता जितेन्द्र देव लगायतका नेताले जनकपुरमा रोड सो आयोजना मात्रै गरेनन्, गठबन्धन किन आवश्यक पर्‍यो भन्ने बारेमा आफ्नो धारणासमेत राखे।

कार्यक्रममार्फत गठबन्धनका शीर्ष नेताले आफ्नो पक्षमा मतसमेत मागे । संविधान, गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वका लागि आफूहरुले साझा मोर्चा बनाएको उल्लेख गर्दै उनीहरूले सक्रियताका साथ निर्वाचनमा सहभागी हुन आग्रहसमेत गरे ।

गठबन्धनका तर्फबाट शीर्ष नेता नै देशव्यापी रुपमा चुनावी अभियानमा निस्केपछि एकाएक निर्वाचनको माहोल बढेको र मतदाता पनि योग्य उम्मेदवार छनोट गर्ने दिनको व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । निर्वाचन आयोगले पनि मतदानका लागि आवश्यक तयारी युद्ध स्तरमा अगाडि बढाएको छ ।

गठबन्धनले ६ वटा महानगर, ११ उपमहानगरलगायत देशभर नै संयुक्त उम्मेदवार खडा गरेका छन् । चितवनको भरतपुरमा रेणु दाहाल प्रमुख र चित्रसेन अधिकारी उपप्रमुखको उम्मेदवार छन् । काठमाडौँ महानगरको प्रमुखमा सिर्जना सिंह र उपप्रमुखमा रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।

तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताए। उनले गठबन्धन राष्ट्रिय आवश्यकता भएकाले यसलाई सफल बनाउन सबै दल प्रतिबद्ध रहेको उल्लेख गरे । सभापति देउवाले काँग्रेसको नेतृत्वमा रहेको गठबन्धन स्थानीय तह निर्वाचनका लागि मात्रै नभई प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म कायम रहने दाबी गरे।

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनाव हुन्छ भन्ने कुरा कमैले पत्याएको भन्दै देश चुनावमा होमिएको बताए । ‘धेरैलाई चुनाव हुन्छ र भन्ने भ्रम थियो, तर देशमा चुनावको माहोल छ’, देउवाले भने। प्रधानमन्त्री देउवाले एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारबाट जनताले मुक्ति पाएको भन्दै केपी ओलीको नेतृत्वमा संसद् अवरुद्ध गरी सरकारलाई काम गर्न नदिइएको बताए ।

त्यसअघि बुटवलमा आयोजित सभामा पनि प्रधानमन्त्रीले गठबन्धनको आवश्यकता र अमेरिकी सहयोग परियोजनाका सन्दर्भमा आफ्नो मन्तव्यलाई केन्द्रित गरे । त्यति मात्रै नभई उनले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हालै संसदबाट अनुमोदन भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विना ब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट पारे ।

स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी सङ्ख्यामा उम्मेदवारी परेको मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित संयुक्त चुनावी सभाको राजनीतिक महत्त्व रहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘मधेस र मधेसी जनताको सुख दुःखको पार्टी नै माओवादी हो ।’

निर्वाचन आयोगका अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी ४० हजार ९२४ उम्मेदवारी परेको जनाएको छ । अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा झन्डै दोब्बर उम्मेदवारी परेको छ ।

मधेस प्रदेशमा नगरपालिकाको प्रमुखमा एक हजार ४२० जनाको उम्मेदवारी, उपप्रमुख ६३८, गाउँपालिकाका अध्यक्ष ८९३, उपाध्यक्ष ४७९ उम्मेदवारी परेको छ । मधेसमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी कूल १३६ स्थानीय तह छन् ।

गठबन्धनले आइतबार मात्रै देशका तीन स्थानमा संयुक्त चुनावी सभा आयोजना गरेका छन् । कास्कीको पोखरा महानगरपालिकामा आइतबार बिहान ११ बजे सभा आयोजना गरिएको छ ।

दिउँसो दाङको घोराही र तुल्सीपुरमा संयुक्त कार्यक्रम हुनेछन् । यस्तै, २६ गते धनगढी र २७ गते बाराबो जितपुर सिमरामा चुनावी अभियानअन्तर्गत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

चुनावी सभालाई जनकपुरमा सम्बोधन गर्दे जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षाका लागि पाँच दलीय गठबन्धन गरिएको बताए ।

उनले शीर्ष नेताहरूको साझा प्रयासका कारण देशभर नै निर्वाचनको माहोल बढेर गएकामा प्रसन्नता व्यक्त गर्दै इमानदार भएर अभियानमा लाग्नसमेत सबै नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओली पनि चुनावी अभियानमा सक्रिय रहेको सो पार्टीले जनाएको छ । स्वतन्त्र उम्मेदवारले पनि आ–आफ्नो एजेन्डा लिएर अभियानमा केन्द्रित भएका छन् । यसले अपेक्षित रुपमा नै चुनावी अभियान सक्रिय रुपमा अगाडि बढेको छ ।

नेपालको संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तहको निर्वाचनले लोकतन्त्रलाई सुदृढ मात्रै गर्दैन जनताले घर आँगनमा नै आफ्नो सरकार पाउँछन् ।

प्रतिक्रिया दिनुहोस