आज दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल र जिम्बाब्वे खेल्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल र जिम्बाब्वे खेल्दै


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपालले आज जिम्बाब्वे ‘ए’ टोलीसँग दोस्रो एक दिवसीय क्रिकेट खेल्दै छ । खेल कीर्तिपुर मैदानमा बिहान साढे ९ बजेदेखि सुरु हुनेछ ।

हिजो (शुक्रवार)भएको पहिलो एक दिवसीयमा नेपाल जिम्बाब्वे ‘ए’सँग ३ विकेटले पराजित भएको थियो । जिम्बाब्वेले आज पनि जितेमा तीन एक दिवसीयको शृङ्खला जित्नेछ ।

आइसिसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय शृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० शृङ्खला खेलेको हो । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला एक–एकको बराबरीमा सकिएको थियो ।

दोस्रो टी–२० वर्षाका कारण प्रभावित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस