काठमाडौँ । विज्ञापन बोर्डले निर्वाचन आचारसंहिता विपरीत प्रचार–प्रसार गरेको पाएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।
बोर्डले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे आचारसंहिता विपरीत प्रचार–प्रसार नगर्न आग्रह गर्दै यस्तो चेतावनी दिएको हो ।
आचारसंहिता विपरीत प्रचार प्रसार भइरहेकाले यसलाई रोक्न बोर्डले आग्रह गरेको छ । राजनीतिक दल, उम्मेदवारको होर्डिङ बोर्ड, भित्ते लेखन लगायतका गतिविधि नगर्न, दल, उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट लगायतका सामाग्री लगाई प्रचार–प्रसार नगर्न र सामाजिक सञ्जालमा भ्रामक तथा द्वेषपूर्ण सूचना प्रवाह नगर्न बोर्डले विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
विज्ञप्ति :
