नेपालले एमसीसी पास गरेकोमा अमेरिकी सांसदहरूले दिए धन्यवाद « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेपालले एमसीसी पास गरेकोमा अमेरिकी सांसदहरूले दिए धन्यवाद


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । नेपालले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेकामा अमेरिकी सांसदहरूले आभार प्रकट गरेका छन् ।

काठमाडौँ आइपुगेका अमेरिकी सांसदहरूले एमसीसी अनुमोदनले नेपालको विकासमा सहयोग पुग्ने बताए ।

नेपाल–अमेरिका संसदीय मैत्री समूहले शनिवार राजधानीमा अन्तर्क्रिया राखेको थियो । उक्त अन्तर्क्रियामा अमेरिकी सांसदहरूले नेपालको समृद्धि, जनजीविका र समावेशी विकासमा निरन्तर सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको बताए ।

नेपालका तर्फबाट सहभागी सांसदहरूले पनि एमसीसीले पूर्वाधार विकास, पर्यटन क्षेत्रको विकास, नवीकरणीय ऊर्जा लगायतमा सहयोग पुगेको बताएको काँग्रेस नेता तथा सांसद डा. मिनेन्द्र रिजालले जानकारी दिए ।

गएको १५ फागुनमा प्रतिनिधिसभाले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता अनुमोदन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस