काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूलाई धोका दिन नमिल्ने बताएका छन् ।
शनिवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले काँग्रेस जिम्मेवार पार्टी भएको भन्दै पार्टी र गठबन्धनको निर्णयअनुसार सहयात्री दलहरूलाई धोका दिन नमिल्ने बताएका हुन् ।
‘म पार्टीको निर्णयअनुसार नै गठबन्धनको नेतृत्वमा पुगेको र ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ,’ बैठकमा देउवाले भने,‘अहिले चुनावको मुखमा धोका दिन मिल्दैन ।’
प्रधानमन्त्री देउवाले पार्टीले नै गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेको र आफूले त्यहीअनुसार गठबन्धन दलसँग सहमति गरेको भन्दै त्यसको कार्यान्वयन गर्न सबै दृढ भएर लाग्नुपर्ने बताए ।