२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

अ+ अ-

कलैया । भरुवा बन्दुक पड्किएर गए राति बारामा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१६ डकाहाटोल बस्ने २८ वर्षीय सागर सिंजाली मगर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार दुधौरा खोलामा माछा मारी फर्कने क्रममा जङ्गली जनवारको सिकारका लागि थापेको भरुवा बन्दुक पड्किई मगर घाइते भएका थिए ।

उनको उपचारका लागि बयोधा अस्पताल वीरगन्ज लगिएकामा उपचारकै क्रममामा मृत्यु भएको प्रवक्ता थापाले बताए । उक्त स्थानबाट एक थान भरुवा बन्दुक बरामद भए पनि बन्दुक कसको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

त्यसै गरी आज बिहान स्कर्पियो आफैँ अनियन्त्रित भई सडकको बायाँ किनारमा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईँ रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम लोक राजमार्ग सडक खण्डको आधा भार जङ्गलमा सिमराबाट हेटौँडातर्फ जाँदै गरेको बा१९च ४३७७ नंको स्कर्पियो आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । अन्य १३ जनामध्ये एक जना गम्भीर घाइते छन् भने बाँकी सबै समान्य रहेको र उनीहरूको वीरगन्ज, सिमराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस