२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवार सिफारिस गर्न नै मतदान

अ+ अ-

दमौली । नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ ।

प्रमुख पदका लागि आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर कमिटीले आज मतदानमार्फत दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

मतदानमार्फत भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन् । थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका छन् । वर्तमान नगरप्रमुख मेखबहादुर थापाले ३६ मत प्राप्त गरे।

यसैगरी उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन् । एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत उम्मेदवार सिफारिस गरिएको बताइएको छ

घिरिङ गाउँपालिकामा पनि उम्मेदवार सिफारिसका लागि मतदान भएको छ । एमालेले मतदानमार्फत अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा दश जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले मतदानमार्फत उम्मेदवार टुङ्गो लगाएको हो ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन् । उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकिनन् । उपाध्यक्षका लागि दुर्गा थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस भएका छन् ।

ऋषिङको अध्यक्षमा चार आकाङ्क्षी

ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेका चार जनाले दाबी गरेका छन् । गाउँपालिकाको बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकाङ्क्षा व्यक्त गरेका हुन् ।

गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कँडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गन्जसिं गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गरेका छन् । यस्तै उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकाङ्क्षा व्यक्त गरेका छन् ।

व्यासमा १२ आकाङ्क्षी

व्यास नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट १२ जना आकाङ्क्षी देखिएका छन् । नेकपा एमाले व्यास नगर कमिटीको सोमबार आयोजित बैठकमा नगरप्रमुख पदमा १२ जनाले आकाङ्क्षा व्यक्त गरेका हुन्।

नगरप्रमुखका लागि राजेन्द्र कार्की, रत्नकुमार श्रेष्ठ, ईश्वरबहादुर विष्ट, कुलबहादुर थापा, दीपेन्द्रराज शाही, अनिल पाण्डे, देवीबहादुर बस्नेत, दीर्घबहादुर दरै, प्रदिप अधिकारी, तुल्सीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुसालले आकाङ्क्षा व्यक्त गरेका छन् ।

त्यस्तै उपप्रमुखका लागि वसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दाबी गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस