काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितको टोली निर्वाचन आयोगमा पुगेको छ ।
स्थानीय निर्वाचनमा सहभागी हुने विषयमा छलफल गर्न भन्दै प्रकाण्डसहितका नेताहरू बिहीबार (आज) आयोगको कार्यालयमा पुगेका हुन् । उनीहरूले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरेका छन् ।
पार्टीको केही अघि बसेको केन्द्रीय कमिटी बैठकले स्थानीय निर्वाचनमा सहभागी पनि नहुने र बहिस्कार पनि नगर्ने निर्णय गरेको थियो । तर महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले चुनावमा जान चाहेका थिए । अल्पमतमा परेपछि उनीहरू प्रस्तावबाट पछि हटेका हुन् ।