एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा रिट दायर


१७ चैत्र २०७८, बिहिबार


काठमाडौँ । अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

बिहीबार (आज) एआईजी बढुवाविरुद्ध प्रहरी नायब महानिरीक्षक (डिआइजी) ईश्वरबाबु कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

उक्त रिटमाथि चैत २० गते आइतबार सुनुवाइ हुने सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

तीन डिआइजीलाई मन्त्रिपरिषद्को बिहीबारको बैठकले एआईजीमा बढुवा गरेको थियो ।

मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस